पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट

पाकिस्तानको लाहोरमा बिहीबार बिहान ठूलो विस्फोट भएको खबर आएको छ।

जियो टीभी र समाचार एजेन्सी रोयटर्सले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त जानकारी दिएका हुन्।

पाकिस्तानको पूर्वी सहर लाहोरमा बिहीबार बिहान एउटा विस्फोटको आवाज सुनिएको रिपोर्टमा उल्लेख छ।

एआरवाई न्युजका अनुसार कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ।

रिपोर्टमा भनिएको छ- विस्फोटको आवाज धेरै ठूलो थियो र कम्तीमा तीन किलोमिटर टाढासम्म सुनिएको थियो।