सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत हिंसा भड्काउने पोस्ट नगर्ने सबैलाई आग्रह: एसपि अंगुर जिसि

जिल्ला प्रहरी कार्यालय बाँकेले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत हिंसा भड्काउने पोस्ट नगर्ने सबैलाई आग्रह गरेको छ । बाँके प्रहरीले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत विभिन्न धर्म र सम्प्रदायबिच द्वन्द्व उत्पन्न गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गरेको हो । कार्यालयले शनिबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही व्यक्ति तथा समूहहरूले संक्रमणकालीन अवस्थाको अनुचित फाइदा उठाउँदै समाजमा अशान्ति फैलाउने, भ्रामक सूचना तथा समाचार प्रचार–प्रसार गर्ने, धार्मिक सद्भाव भड्काउने र दंगा निम्त्याउने खालका गतिविधि गर्दै आएको तथ्य फेला परेको उल्लेख गरिएको छ।विज्ञप्तिमा माथि उल्लेखित कार्य गर्ने वा गराउने जो-कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ । साथै नागरिक समाज, सञ्चारकर्मी र आम जनसमुदायलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।