भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा

(नेपाल क्राईम)

भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुरमा आइपुगेका छन । जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् ।

नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना समेत गरेका छन ।