करेन्ट लागेर युवकको मृत्यु

(नेपाल  क्राईम)

दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ वर्षीय नगेन्द्र बहादुर माझी रहेका छन् ।

विद्युत् कार्यालयको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार मृतकका आफन्त तथा स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन् । पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ ।