(नेपाल क्राईम)
काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मकवानपुरको हेटौंडामा पछिल्लो एक घन्टामा २१.८ मिलिमिटर वर्षा भएको छ ।हाल देशको मौसमी प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।