काठमाडौंमा हल्का असिना–पानी

(नेपाल क्राईम)

काठमाडौंमा हल्का असिना–पानी परेको छ । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने र लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।