नदीमा बगेर एक व्यक्ति बेपत्ता

(नेपाल क्राईम)

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।