भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ।

‘लाइन अफ कन्ट्रोल क्षेत्रमा केही फायरिङ भएको थियो। फायरिङको प्रभावकारी रूपमा फायरिङ गरिएको छ,’ सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ।भारतको जम्मू-कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो।