(नेपाल क्राईम)
काठमाडौंको निषेधित क्षेत्रमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले बिहानैदेखि निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको बताए ।सरकारले सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने बताएसँगै प्रहरीले निषेधित क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएको हो ।