आगामी ३ दिन मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

(नेपाल क्राईम)

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको बताएको छ। महाशाखाले आज (बिहीबार) साँझ जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हलुका हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।