(नेपाल क्राईम)
नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगीततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चार जना, केनाईनतर्फ एक जना, सूचनाप्रविधि कम्प्युटरतर्फ एक जना र विधिविज्ञानतर्फ एक जना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।