ट्याक्टरबाट खस्दा एकको मृत्यु

(नेपाल क्राईम)

झापामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ झापा गाँउपालिका–३ मा मे १ त ४१०७ नम्बरको ट्याक्टरबाट खस्दा सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको हो ।

सडकमा गुडिरहेको ट्याक्टरमा ‘लिफ्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट लडेका चालकले बताएका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।