प्रदर्शनमा महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

(नेपाल क्राईम)

तीनकुनेमा राजावादीको प्रदर्शनले महिला सशस्त्र प्रहरीको टाउको फुटाएका छन्।

शुक्रबार दिउँसो सुरक्षाका लागि खटिएकी एक जना महिला सशस्त्र प्रहरीको टाउको फुटेको हो।

यसबारे आफूले विस्तृत विवरण लिन नपाएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआइजी कुमार न्यौपानेले जानकारी दिए।