प्रदर्शनमा एक जना विदेशी नागरिक पनि पक्राउ

(नेपाल क्राईम)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्‍यो।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा राप्रपाका केही नेताहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा राप्रपाका खुस्बु ओली लगायतका नेताहरू सहभागी थिए।

त्यही प्रदर्शनमा एक जना विदेशी नागरिक पनि देखिए। ढाकाको दौरा सुरूवाल र ढाका ढोपी, निधारमा टीका लगाइएका ती विदेशी नागरिकले कुलमानको समर्थन गरेको प्लाकार्ड पनि बोकेका थिए।

प्रदर्शनकै क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।