(नेपाल क्राईम)
सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) पक्राउ परेका छन्। अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्कालाई पक्राउ गरेको हो।
रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत खड्का भारतबाट भन्सार छली गरेर सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका हुन्। प्रवक्ता पौडेलका अनुसार सई खड्काले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको छ।