एसपी पण्डितपछि डीएसपी पासवान पनि हेडक्वार्टर तानिए,

(नेपाल क्राईम)

इलाका प्रहरी कार्यालय लहानका, सिरहाका प्रमुख तथा डीएसपी वीरेन्द्र पासवानको जिम्मेवारी खोसिएको छ। स्रोतका अनुसार डीएसपी पासवानलाई बुधबार हेडक्वार्टर तानेर जिम्मेवारी खोसिएको हो।

उनी २ महिनामै प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन्। यद्यपी उनी किन हेडक्वार्टर तानिए भन्नेबारे केही खुलाइएको छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले उनको सवालमा मात्र होइन, प्रहरीमा भैरहेका आन्तरिक कारबाही तथा एसपी, डीएसपी तानिएको विषयमा स्पष्ट सूचना दिएका छैनन्। उनले कारण नखुलाएरै एसपी र डीएसपी तानिएको विषयमात्रै पुष्टि गर्ने गरेका छन्।