जनकपुरमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
गएराति जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षकी अञ्जलीकुमारी यादवको मृत्यु भएको हो ।सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्जलीकुमारीकाे मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।