आफूलाई प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ

(नेपाल क्राईम)

प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।उनले लुटेका गरगहना स्वयम्भू आनन्दकुटी नजिकै बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।