ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताले सांघातिक आक्रमण

(नेपाल क्राईम)

ड्युटीमा खटिएका प्रहरीमाथि विद्यार्थी संगठन अनेरास्ववियुका नेताले सांघातिक आक्रमण गरेका छन् । गएराति प्रहरीवृत्त, दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीमका प्रहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो । उनीहरु एमालेनिकट अनेरास्ववियुका विद्यर्थी नेता रहेको बताइएको छ ।

दरबारमार्ग प्रहरीका अनुसार विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने अर्को जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।क्वीक रेस्पोन्स टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।