रक्त चन्दनको अवैध कारोबारमा संलग्न दुई जना पक्राउ

(नेपाल क्राईम)

रक्त चन्दनको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८घर भई हाल काठमाडौं स्थित पेप्सीकोलाबस्ने वर्ष ४० का ज्ञान बहादुर तिमल्सिना र काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष ४१ का रमेश थापा रहेका छन् ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३२, पेप्सीकोला क्षेत्रमा छापा मारेर ४३१ केजी रक्त चन्दन बरामद गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, माघ १ गते बेलुकी उक्त क्षेत्रमा रहेको एक कोठामा लुकाइराखेको अवस्थामा रक्त चन्दन फेला परेको थियो।