युक्रेनमा युद्ध रोक्नेबारे अमेरिका र रूसले साउदी अरबमा वार्ता सुरू

(नेपाल क्राईम)

युक्रेनमा युद्ध रोक्नेबारे अमेरिका र रूसले साउदी अरबमा वार्ता सुरू गरेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार युक्रेनमा युद्ध रोक्नेबारेमा वार्ता सुरू भएको हो।

वासिङटनले भने बृहत सम्झौतामा सहमति जनाउनुअघि ब्ल्याक सीमार्फत हुने ढुवानीको सुरक्षा सुनिश्चितता गर्ने विषयमा सहमति खोजेको छ। यद्यपि यो क्षेत्रमा पछिल्ला केही महिनामा युद्ध भएको छैन।

गत बिहीबारमात्रै ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीबीच एक घण्टा लामो कुराकानी भएको थियो। ह्वाइट हाउसमा चर्काचर्कीपछि पहिलो पटक दुई जनाबीच फोनवार्ता भएको थियो।

वार्तामा अमेरिकाको तर्फबाट ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका सिनियर डाइरेक्टर एन्ड्रिउ पीकले नेतृत्व गरेका छन्। उनीसँगै स्टेट डिपार्टमेन्टका वरिष्ठ अधिकारी माइकल एन्टन पनि सहभागी छन्।