दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु

(नेपाल क्राईम)

दैलेखको दुल्लु नगरपालिका – ६ का २१ वर्षीय गगनबहादुर खड्काको चट्याङ लागेर मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल दाहालका अनुसार टाउकोमा चट्याङ लागेपछि खड्का बेहोस भएका थिए।

उनलाई साढे ६ बजेतिर दुल्लु अस्पताल पुर्‍याइएको थियो। केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।