४७७ किलो गाँजासहित धनुषामा एक जना पक्राउ

(नेपाल क्राईम)

धनुषामा करिब ४७७ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनिया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४७७ किलो ७४ ग्रामसहित मकवानपुर घर भएका २४ वर्षीय सञ्जीव स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म प्र.०३-००२ ख २५२० नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र ३४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो