कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ

(नेपाल क्राईम)

कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्।

प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९:३५ बजे मोबाइलमा आएको खुलेको छ।