राप्रपा नेता बम पक्राउ

(नेपाल क्राईम)

पूर्व प्रधानमन्त्री (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आइतबार उनलाई पक्राउ गरेको हो ।

शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले ‘प्रचण्ड’को आलोचना गर्दै फोटो जलाएका थिए ।