ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते

(नेपाल क्राईम)                                                       धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् ।उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।