(नेपाल क्राईम) कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।