(नेपाल क्राईम) १० वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा महोत्तरीमा सशस्त्र प्रहरी बल नेपालका सई पक्राउ परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका तीन बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो पक्राउ परेका हुन् । सई महतोले ती बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयले पोस्ट घेरेपछि उनलाई नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।