नेपाल प्रहरीका दुई जना हबलदारसहित १५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरीका दुई जना हबलदारसहित १५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै १५ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।गैर हाजिर हुनेमा दुई जना हबलदार, दुईजना सहायक हबलदार, एकजना कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् ।