पाकिस्तानमा हाइज्याक भएको रेलबाट सयभन्दा धेरै यात्रीहरूलाई उद्धार

पाकिस्तानमा हाइज्याक भएको रेलबाट सयभन्दा धेरै यात्रीहरूलाई उद्धार गरिएको छ । त्यहाँको बलोचिस्तानमा क्षेत्रमा मंगलबार सशस्त्र समूहले करिब ४५० यात्रु सवार रेललाई कब्जामा लिएर कयौँ यात्रीलाई बन्दी बनाएको थियो । क्वेट्टाबाट पेशावर गइरहेको जफार एक्सप्रेस रेलमा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले नियन्त्रणमा लिएको थियो । दुर्गम सिबी जिल्लामा रेल हाइज्याक गर्नु अघि सो समूहले रेलको ट्र्याक बम हानेर उडाएको थियो ।