कोहलपुरमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक पक्राउ

(महेन्द्र सिंह )                                                              बाँकेको कोहलपुरमा  बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० चट्टार बस्ने २९ वर्षीय राधे किसुन थारु रहेका छन् ।  बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।