(नेपाल क्राईम)
सशस्त्र प्रहरी बलले सुनसरीबाट ७ सय ८३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।
धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।