सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा बिहानै बाघ पसेको हो

(नेपाल क्राईम)                                                          जिल्लाको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा बिहानै बाघ पसेको हो ।बाघको आक्रमणबाट २ जना स्थानीय घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ४३ वर्षीय कृष्ण विष्ट र ५५ वर्षीय गणेश खत्री रेका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बिहान ७ बजेको समयमा बस्तीमा बाघ पसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी फत्तेपुर पुगेको थियो । साथै प्रहरीसहित वन्यजन्तु आरक्षको टोली समेत बस्तीमा परिचालन गरिएको थियो ।