(नेपाल क्राईम)
रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ । रुपन्देही प्रहरीका अनुसार गोली प्रहारबाट मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोधको मृत्यु भएको हो ।
उनीमाथि आज बिहान गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।