(नेपाल क्राईम)
जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
घोराही उपमहानगरपालिका–१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपियाँ सहित घोराही–१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले डाँगीलाई लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा लागूऔषध घोराही–१० झारबैरा चोकमा मेडिकल संचालन गरी बस्ने घोराही–१६ घर भएका ईन्द्रबहादुर विकको मेडिकलबाट खरिद गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।