(महेन्द्र सिंह ) नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।दुर्घटनामा स्थानीय ४३ वर्षीय सञ्जय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारू र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ ।