एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा

(नेपाल क्राईम)                                                              एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी)लैनचौरलाई पत्राचार गर्दै ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको जानकारी दिएको हो । उक्त पत्राचारमा २०८१ फागुन ११ को निर्णय अनुसार २०८१ प्mागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको र अभिलेखमा आवश्यक व्यहोरा खुलाई दिन भनी अनुरोध गरिएको छ ।