(महेन्द्र सिंह ) बाँके नेपालगन्जमा जथाभावी सवारीसाधन पार्किङ हुँदा यसकाे व्यवस्थापनका लागि स्थानीय पालिका र ट्रााफिक पुलिस भने उदासीन देखिएका छन ।
बजारमा सडकमै पार्किङ गरिएका मोटरसाइकल लगायतका सवारी अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ ।
अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जाम हुने समस्या थपिँदै गएको छ । निर्धारित समयको बेवास्ता गर्दै अटो रिक्सा र ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ ।
टेलिकम, मालपोत, नापी, त्रिभुवन चोक तथा अदालत, सहित अधिकांश कार्यालयमा स्थान भएर पनि सेवाग्राहीको सवारी भित्र लान दिइएको छैन । सेवाग्राहीले सडकमै सवारी पार्किङ गर्न गरेका छन ।
नेपालगन्जकाे पार्किङ र फुटपाथ व्यवस्थापनमा उपमहानगरपालिका र जिल्ला ट्रााफिक बाँकेका इन्चार्ज पन्तले बेलैमा ध्यानदिन जरुरी देखिएको छ ।