थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान AI-379 लाई आपतकालीन अवतरण गरिएको छ। बमको धम्की आएपछि शुक्रबार बिहान फुकेट विमानस्थलमै आपतकालीन अवतरण गरिएको हो।उक्त घटनाले यात्रु र विमानस्थलका अधिकारीहरूमा त्रास सिर्जना गरेको थियो। जहाजमा १५६ यात्रु सवार थिए। जहाज उडान भरेपछि बमको धम्की आएको थियो।