कञ्चनपुरको लालझाडीमा जंगली हात्ती मृत फेला

(नेपाल क्राईम)

कञ्चनपुरको लालझाडीमा जंगली हात्ती मृत फेला परेको छ । बुधबार बिहान ७ बजेतिर लालझाडी गाँउपालिका-४ जाई गाँउ सडक किनारमा हात्ती मृत फेला परेको हो । बृद्ध हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरी, वनका कर्मचारीलाई खबर गरेका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले जंगली हात्ती मृत फेला परेको बताए । उनले हात्तीको मृत्युको कारण बुझ्नका लागि प्राविधिक टोली सहित घटनास्थल जान लागेको बताए ।