(नेपाल क्राईम)
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राति (आज) देखि आइतबारसम्म (असोज १०–१३ गतेसम्म) देशैभर ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
“असोज १० गते बिहीबारदेखि १३ गते आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना छ । विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्ला र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरू बढी प्रभावित हुन सक्छन् ।त्यसैले सतर्कता अपनाउनु हुन अनुरोध छ,” प्राधिकरणले भनेको छ ।