(नेपाल क्राईम)
भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ ।
रेलवे स्टेसनमा भएको भागदौडबारेको प्रश्नमा डीसीपी रेलवे केपीएस मल्होत्राले भने, “भागदौडको कारण छानबिनपछि बाहिर आउनेछ। यो काम रेलवेले गर्नेछ।’’उनले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो ।