डान्सबारमा कुटाकुट, एक जनाको मृत्यु

(नेपाल क्राईम)

नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गत माघ २८ गते मध्यराति बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच कुटाकुट हुँदा प्रतापुर गाउँपालिका–९ खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरी घाइते भएका थिए ।उनको उपचारको क्रममा चौरहा अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए ।