(नेपाल क्राईम)
रुकुमपूर्वको भूमे गाउँपालिका–४ को साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ । मंगलबार दिउँसो २ बजेतिर ६० वर्षकी हजुरआमा ढाटी बुढा र ८ महिनाको नाति समिरको हत्या गरिएको हो ।
प्रहरीका अनुसार नातीलाई पिठ्यूमा बोकेर बाटोमा निस्किएका बेला छिमेकी ५३ वर्षीय चन्द्रसिङ पुनले धारिलो खुकुरीले प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपी बुढाका छिमेकी चन्द्रसिङ पनि घटनास्थलदेखि करिब आधा घण्टा पर मृत अवस्थामा भेटिएका छन् ।