(नेपाल क्राईम)
रोल्पामा एक जना जेष्ठ नागरिक वनमा मृत अवस्थामा फेला परेका छन्।
लुङ्ग्री गाँउपालिका – ५ पुरानो बुझिङस्थित सुनथोक सामुदायिक वनमा ६४ वर्षीय जिते विक मृत अवस्थामा फेला परेका हुन्।
सोमबार दिउँसो एक जनाको शव वनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।फागुन २१ गते उनका भाइले दाजु जिते विक हराएको भन्दै खोजी गरिदिन प्रहरी चौकी किलाचौरमा निवेदन दिएका थिए।शब पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।