कैलालीको धनगढीबाट चितुवाको छालासहित डोटीका एक युवक पक्राउ

(नेपाल क्राईम)

कैलालीको धनगढीबाट चितुवाको छालासहित डोटीका एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका–३ बस्ने २६ वर्षीय नरेश साउँद सोमवार पक्राउ परेका हुन्।