(नेपाल क्राईम)
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न माग गर्दै जिल्ला सरकारी वकिल काठमाडौंले मुद्दा दायर गरेको छ ।
कालिमाटीको स्वर्णलक्ष्मी सहरीको रकम ठगीका प्रतिवादी रविसहित ४ जनालाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारी वकिल कार्यालयले सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंकर खत्रीले लामिछानेसहित ४ जना प्रतिवादीलाई थुनामै राख्नुपर्ने माग गर्दै एक साताअघि आएको निवेदन अध्ययन गरेर सोमबार दर्ता गरिएको जानकारी दिए ।