मानङकोटमा एक प्रहरी जवानमाथि कुटपिट

(नेपाल क्राईम)

पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानमाथि कुटपिट भएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी जवान सुनिल कार्कीमाथि कुटपिट भएको हो ।

कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेका छन् ।