(नेपाल क्राईम)
प्रधानमन्त्रीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लबको ‘द ब्लु पेभिलियन’ निर्माण सम्पन्नगर्ने तत्कालिन उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको समुद्घाटन कार्यक्रममा एआईजी थापालाई सम्मान गरेका हुन् ।