फूलमध्येको एउटा हो गुलाब

(नेपाल क्राईम)

नेपाली संस्कारमा जन्मेदेखि मृत्यू पर्यन्त जुनसुकै बेला पनि आवश्यकता पर्छ फूल । धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत, घर या वातावरणको सजावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ । तिनै फूलमध्येको एउटा हो गुलाब ।

गुलाब एउटा फूलको प्रजाति हो । यो फूल विश्वकै प्रसिद्ध फूल हो । गुलाबको फूल धेरै रङका हुन्छन् । गुलाबको हरेक रङको आआफ्नै अर्थ हुन्छ । प्रेम दिवसमा आफ्नो प्रेमीप्रेमिकालाई गुलाब दिएर प्रेम व्यक्त गरिन्छ । आजदेखि प्रेम सप्ताह सुरु भएको छ । अर्थात आज ‘रोज डे’ ।